एसईई बास्केटबल प्रतियोगिताको उपाधि क्लस्टर र इन्साइट भिजन स्कुललाई
काठमाडाैं | जेठ ३१, २०८०
काठमाडौं: काठमाडौंको सुकेधारास्थित बुकलिन कलेजले आयोजना गरेको एसईई बास्केटबलको उपाधि छात्रतर्फ क्लस्टर र छात्रातर्फ इन्साइट भिजन स्कुलले जितेको छ ।
एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको बास्केटबल प्रतियोगिताको उपाधि छात्रतर्फ क्लस्टर र छात्रातर्फ इन्साइट भिजन स्कुलले जितेका हुन् ।
छात्रतर्फ क्लस्टर प्रथम, रिलाइन्स कोएड दोस्रो भएको छ भने, छात्रातर्फ इन्साइट भिजन स्कुल प्रथम, हिमशिला र दिक्षान्त मिम्स समूह दोस्रो भएका छन् । एसईई बास्केटबल प्रतियोगिता २०८० मा छात्रतर्फ १६ र छात्रतर्फ ६ समूहको सहभागिता रहेको थियो ।
उपाधि विजेता टिमलाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरिएको बुकलिन कलेजको अनुशासन तथा अतिरिक्त क्रियाकलापका इन्चार्ज रन्जीत क्षेत्रीले जानकारी दिए ।
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

